भारतले नेपाल सेनालाई १० थान भेन्टिलेटर सहयोगस्वरुप दिएको छ । कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि सरकारले जारी गरेको कोभिड १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्याउने उद्धेश्य सहित भारतले नेपाली सेनालाई भेन्टिलेटर दिएको हो ।
एक कार्यक्रम बीच भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगीअड्डामा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
उक्त भेन्टिलेटरको मूल्य २ करोड ८० लाख भारु रहेको छ । भेन्टिलेटर ग्रहण गर्ने प्रधानसेनापति थापाले सहयोगका लागि भारतलाई आभार व्यक्त गरेका थिए ।