नविल बैंकले साइकल किन्न कर्जा दिने भएको छ । बैंकका अनुसार पछिल्लो समय व्यायाम हलहरू बन्द भएको र मान्छेहरू आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशील भएको कारण यो योजना ल्याइएको हो ।
यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ । ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नुपर्नेछैन र ब्याज पनि लाग्ने छैन । दुुई लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने जानाकारी पनि बैंकले दिएको छ ।
साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने बैंकले जनाएको छ ।
बैंकले यो योजनाको लागि पानीपोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ । यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठ्यारो हुनेहरूलाई सहज हुने विश्वास समेत बैंकले लिएको छ ।