Banijya News

रेल्वे कम्पनीद्धारा २९ पदका लागि १ सय २९ करारका कर्मचारी माग

4 Shares

काठमाडौं– नेपाल रेल्वे कम्पनी लिमिटेडले ठूलो संख्यामा करारमा कर्मचारी भर्नाको प्रकृया थालेको छ । कम्पनीले २९ पदका लागि १ सय २९ कर्मचारी भर्ना गर्ने गरी कर्मचारी मागेको हो । जनकपुर–जयनगर रेल सञ्चालनको लागि स्टेशन मास्टरदेखि टिकट कलेक्टरसम्मको माग भएको हो । कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको छ । त्यस्तै रेल प्रशासनतर्फ चौथो तहका लागि १० जना, पाँचौ तहका लागि ९ जना मागिएको छ ।
यस्तै सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, ट्रली चालक, हेल्पर, कार्यालय सहयोगी लगायतको लागि कर्मचारी मागेको हो । त्यस्तै गेटम्यानका लागि २५ जना कर्मचारी मागिएको छ ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट https//nepalraliway.org/मार्फत् अनलाइन दरखास्त दिन सक्ने छन् ।

Scroll to Top