Banijya News

कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु

4 Shares

जनकपुरधाम – कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ बन्दिपुरकी ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपचारकै क्रममा उनको आइतबार साँझ साढे ५ बजे मृत्यु भएको हो । उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।


लामो समयदेखि निमोनियाबाट ग्रसित रहेकी महिलाको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Scroll to Top