काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक असोज ४ गते आईतबार सम्मका लागि स्थगित गरिएको छ । बैठक शुक्रबारका लागि बोलाइएको थियो ।
शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक असोज ४ गते आइतबार सम्मका लागि स्थगित भएकोे अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो । तत्कालीन एमाले र माओवादी एकतापछि बैठक पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।
यसअघिका धेरै जसो बैठक प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरेको थियो । सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ ।