Banijya News

कोरोना संक्रमण देखिएको एक वर्ष पूराः ५ करोड ५९ लाख बढी संक्रमित

4 Shares

विश्वमा पहिलो पटक कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको एक वर्ष पुरा भएको छ । गएको वर्ष नोभेम्बर १७ मा चीनको वुहानमा पहिलो संक्रमित भेटिएको थियो ।
तर चीन सरकारले डिसेम्बर ८ मा पहिलो संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आधिकारिक रुपमा जानकारी गराएको थियो ।


आम रुपमा जानकारी गराउनुअघि नै कम्तिमा २ सय ६६ जनामा भाइरस सरिसकेको थियो । यो भाइरस मानिसबाट मानिसमा सर्ने बारेमा जनावरी २१ मा मात्रै थाहा भएको थियो । त्यसयता विश्वभर विश्वभर ५ करोड ५९ लाख मानिसमा यो रोग सरिसकेको छ । संक्रमित मध्ये ३ करोड ८९ लाख निको भएका छन् । कोरोनाको मापना गर्ने बल्र्डमोटिरको अनुसार हाल १ करोड ५६ लाखको उपचार भइराखेको छ ।


चीनमा कोरोना संक्रमण देखिएपछि पहिलो असर युरोपियन मुलुक इटालीमा देखिएको थियो । त्यसपछि क्रमश विश्वमा नै कोरोना फैलिएको छ । हाल महाशाक्ति राष्ट्र अमेरिका कोरोनाको सबैभन्दा प्रभावित देश हो । त्यसपछि नेपालको छिमेकी मुलुक भारत दोस्रोमा आउँछ । बाज्रिल हुँदै आज विश्वको टाउको दुखाइको बिषय नै कोरोना भएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रभावित अमेरिकामा १ करोड १६ लाखमा कोरोना पुष्टि हुँदा ७० लाख ७१ हजार निको भएका छन् । २ लाख ५४ हजारको भने मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो प्रभावित भारतमा ८९ लाख १२ हजारमा कोरोना पुष्टि भएको छ । भारतमा मात्रै ८३ लाख ३३ हजारले कोरोना जितिसकेका छन् भने १ लाख ३१ हजारको मृत्यु भएको छ । यस्तै तेस्रो प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ५९ लाख ११ हजार नाघेको छ । जसमध्ये ५३ लाख ६१ हजार निको भएका छन् । १ लाख ६६ हजारको भने मृत्यु भएको छ ।

यसैगरी फ्रान्समा २० लाखमाथि प्रभावित भएका छन् । त्यसैगरी रुसमा १९ लाख, स्पेनमा १५ लाख, बेलायतमा १४ लाख, अर्जेन्टिनामा १३ लाख, इटाली र कोलम्बियामा १२ लाखभन्दा धेरै संक्रमित भएका छन् । अमेरिकाको छिमेकी देश मेक्सीकोमा १० लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएका छन् ।


कोरोना भाइरसको संक्रमणको उदगम देश चीनमा अहिलेसम्म ८६ हजार ३ सय ६१ जना संक्रमित छन् । जसमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ८१ हजार ३ सय ७४ जना निको भएका चीनिया समाचार सस्था सिन्वाले जनाएको छ । अहिले चीनमा ३ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । चिनमा कोरोना संक्रमित थपिने क्रम अति न्यून छ । पछिल्लो २४ घण्टामा मात्र १५ जना चीनमा संक्रमित भएका छन् ।

Scroll to Top