Banijya News

संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

4 Shares

पुष १,काठमाडौं ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक मर्मविपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएको भन्दै अधिवेशन बोलाउन माग गरेको हो ।

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।

स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ । साथै संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न पुस ३ गते नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक समेत बोलाइएको छ ।

Scroll to Top