पुस १४, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ८ सयले घटेको हो । जसअनुसार आज छापावाला सुनको मूल्य ९४ हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार स्थिर रहेको सुन सोमबार ७ सयले बढेको थियो ।
हिजो सोमबार छापावाला सुन ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । काठमाडौं। हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।