पुस १४, काठमाडौं ।
बैंक अफ काठमाण्डूले ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रबर्द्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एण्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।
सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ ।
ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकेका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । यस मार्फत ग्राहकहरुले मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिंग सेवा ९१ शाखाहरु, ७८ एटीएम हरु र १० एक्सटेन्शन काउंटरमार्फत ग्राहकहरुलाई पुर्याउँदै आएको छ ।