Banijya News

कुमारी बैंकको थप ८ शाखा विस्तार, शाखा सञ्जाल १९५ पुग्यो

4 Shares

पुस १४, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले काठमाडाैंस्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरू विस्तार गरेको हो ।

उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ । थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १ सय ९५ पुगेको छ । कुमारी बैंकले १ सय ८७ वटा शाखाहरु, १ सय ५२ वटा एटिएमहरू, १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्वारा सेवा प्रदान गर्दै आएको छ ।

Scroll to Top