Banijya News

तारे होटल खोल्नुभन्दा बन्दगर्नु फाइदाजनक, उपत्यका बाहिर भने केही आशलाग्दो अवस्थामा

4 Shares

विश्वब्यापी रुपमा फैलिको कोरोनाको प्रभावका कारण सबैभन्दा प्रभावित हुने क्षेत्रहरु मध्ये पर्यटन क्षेत्र अग्रस्थानमा आउँछ । विश्वका कर्यो शासकले कोरोनाबाट बच्नको लागि लकडाउनको घोषणा गर्दा आव जनता कोरोनाको नाममा नै घरमा नै बस्न सिमित भएका छन् । यसको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ ।


लामो समय होटललगायतका अन्य धेरै क्षेत्र बन्द त भएनै लगडाउन खुलेपछि पनि कोरोना त्रासका कारण यो क्षेत्रमा आउँने आगन्तुक बढेका छैनन् । यतिखेर सबैभन्दा कठिन अवस्थामा तारेहोटल छन् । लामो समयसम्म बन्द झैं रहेका यस्ता होटलहरु खुलेपनि संचालन लागत उठाउन सक्षम छैन्न् ।

लकडाउनका बेला बन्द होटल व्यवसाय सरकारले असोज १ देखि खोल्न अनुमति त दियो । तर, त्यस्को प्रभाव होटल क्षेत्रमा परेको छैन् । सरकारी तथ्यांक अनुसार तारे स्तरका करिब २ सय होटल छन् । तारेमा सूचीकृत नभएका तर पर्यटकलाई लक्षित गरी खोलिएका होटल हरेक जिल्लामा छन् । यसबाहेक अहिले करिब पाँच सय होटल निर्माणको चरणमा छन् । भ्रमण वर्षलाई लक्षित गरी खोलिएका होटलले पनि व्यापारको अपेक्षा गरेकै बेला महामारी फैलिँदा ठूलो मार खेप्नुपरेको छ ।
महामारीको मारमा काठमाडौंको दरबारमार्गस्थित पाँच तारे होटल अन्नपूर्ण पहिलो नम्बरमा प्रभावित भएको छ । कार्यगत संचालन खर्च उठाउन नसकेर यतिखेर होटल नै बन्द गर्नुपरेको छ ।

अन्नपूर्ण नै आर्थिक संकट झेल्दै तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था आएपछि अन्यको समेत हालत सहजै अनुमान गर्न सकिन्छ । ठूलो लगानी लगाएर सञ्चालन गरेको उक्त होटल आर्थिक संकट गहिरिँदै गएपछि होटलका मुख्य लगानी कर्ता तथा नेपाल होटल एशोसिएशनका अध्यक्ष सिर्जना राणा लगाएत सम्बन्धित निकायसँग समन्वय गरेर केही समयका लागि होटल बन्द गर्ने निर्णय गरिएको हो ।


अब उक्त होटलको भौतिक संरचना भने भाडामा दिने सहमति भएको व्यवस्थापन पक्षले जनाएको छ । करोडौं लगानीका होटल बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारी र मजदुर पनि मारमा परेका छन् । यस्तै उक्त होटलका कर्मचारीलाई ५ रोपनी ८ आना जग्गा बिक्री गरेर तलब तथा उपदान दिएर विदाई गर्ने तयारी भएको छ । होटल बन्द हुनेभएसँगै होटलका महाप्रबन्धक राजुबिक्रम शाहले राजीनामा दिइसकेका छन् । साढे तीन सयभन्दा बढी कर्मचारी रहेको यस होटलले कर्मचारीलाई अवकाश दिने प्रक्रिया थालेको छ ।


अन्नपूर्ण होटल त एक उदाहरण मात्र हो यतिखेर सबै उपत्यका भित्रका तारे होटलको अन्नपूर्णको जस्तै छ । पर्यटकका स्रोत मुलुक दोस्रो र तेस्रो लहरको महामारीपछि फेरि लकडाउनमा जाँदा तत्काल व्यवसायको कुनै सम्भावना नरहेको निष्कर्षमा होटल व्यवस्थापन पुगेका छन् ।

कर्मचारीलाई अवकाश नै नदिए पनि १६ वटा चार तारे र १४ वटा पाँच तारे होटल अहिलेप्रायः छन् । खुलेकाहरु पनि भोजभतेरको अर्डर आए मात्र खुल्ने गरेका छन् । मंसीरमा विवाहका कारण सीमित कर्मचारी बोलाएर होटल चलाएका व्यवसायीले अहिले खोल्ने आँट गरेका छैनन् । खोल्नको लागि केही खानको अर्डर आएमात्र होटल खोल्न सकिने होटल संघका बरिष्ठ उपध्यक्ष बिनायक शाह बताउँछन् । उनी होटल खोल्नु भन्दा पनि हाललाई बन्द गर्नु नै फाइदा हुने बताउँछन् ।


चार र पाँच तारे होटल तथा रिसोर्टमा मात्र ५ हजार २ सयभन्दा बढी कोठा छन् । तर असोजयताका साढे तीन महिनामा ५ हजार पर्यटक पनि आएका छैनन् । जबकि गत वर्ष सोही अवधिमा दुई लाखभन्दा बढी पर्यटक आएका थिए । पर्यटकहरु नआउँने, स्थानियहरु बाहिर नखाने जस्ता कारणले गर्दा तारेहोटलहरु यतिखेर कठिन अवस्थामा गुज्रिरहेका छन् ।


उपत्यका बाहिका भने केही सहज अवस्थमा
आन्तरिक पर्यटकलाई लक्षित गरेर खुलेका काठमाडौं बाहिरका होटलको अवस्था भने फरक छ । संक्रमणदर कम भएको र सबैजसो उद्योग व्यवसाय सुचारु भएको कारण देशभित्र आवागमन र घुमघामको क्रम केही बढेको छ । जसका कारण नगरकोट, धुलिखेल, पोखरा, सौराहा लगायत स्थानमा चहलपहल बढेको देखिन्छ । होटलहरुले पनि आन्तरिक पर्यटकलाई लक्षित गरी प्याकेज ल्याउन थालेका छन् । यस्ले उपत्यका बाहिरका होटलमा भने केही सहज अवस्था आएको अनुमान गर्न सकिन्छ ।


रात्रीकालिन ब्यावसाय खुले पनि ग्राहकको कमी
कोरोना महामारीका कारण करिब ९ महिना बन्द भएका हेको रात्रीकालीन व्यवसाय अब खुल्ने थालेका छन् । सरकारले बन्द अवस्थामा रहेका रात्रीकालीन व्यवसाय (डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज, रेष्टुराँ) खोल्न अनुमति दिएको हो ।

रात्रीकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरुले गत मंसिर १७ गतेदेखि व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । लामो समयको बन्दाबन्दीले गर्दा आधिकारिकरुपमा सञ्चालन गर्ने निर्णय नभए पनि व्यवसायीहरूले राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै जिल्ला प्रसाशन कार्यालयसँगको समन्वयनमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकिने निर्णय भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताउँछन् । उनी दोहोरी साँझ तथा रात्रीकालीन व्यवसायले क्रिसमसको समयमा केही मात्राले ग्राहक बढ्ने अपेक्षा सहित ब्यवासया खोलेपनि ग्राहक खासै नआएको बताउँछन् । उनी विगतको तुलनामा ग्राहक भने निकै कम भएकाले बताउँछन् ।

विदेशी तथा स्वदेशी पर्यटकका लागि रात्रीकालीन व्यवसायमा ‘हब’ मानिने ठमेलमा अहिले विदेशी पर्यटकको आगमन शून्य जस्तै छ । हाल सञ्चालनमा अवस्थामा रहेको व्यवसायमा विदेशी पर्यटनको आगमन शून्य भएता पनि अहिले थोरै मात्रामा स्वदेशी पर्यटकको आगमन भइरहेको व्यवसायीहरूले बताएका छन् ।

Scroll to Top