Banijya News

एसबिआई बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

4 Shares

चैत १२, काठमाडौं ।
नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरीउक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग वापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो। रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्का बिच हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको पनि उपस्थिती रहेको थियो ।

Scroll to Top