छिमेकी मूलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेर गएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको आँकडा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ हजार ४७६ नयाँ संक्रमित फेला परेका छन् । २ सय ५१ जनाको मृत्यु भएको छ । पाँच महिनाको अवधिमा भारतमा बुधबार एकैदिन ५० हजार बढी संक्रमित फेला परेका हुन् ।
साथै २६ हजार ४९० जनाले कोरोना जितेका छन् । भारतमा हालसम्म १ करोड १७ लाख ८७ हजार ५३४ जना कोरोनाबाट संक्रमित भएका छन् । अहिले एक्टिभ संक्रमितको संख्या ३ लाख ९५ हजार १९२ जना रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६० हजार ६९२ जनाको मृत्यु भैसकेको छ ।
भारतमा हालसम्म ५ करोड ३१ लाख ४५ हजार ७०९ जनाले कोरोना खोप लगाइसकेको भारतमा कोरोना संक्रमणसँगै नेपालीमा समेत यस्को असर पर्ने देखिएको छ । भारतले कोरोना संक्रमण बढदै जाँदा भ्याक्सिन निर्यातमा समेत रोक लगाएको छ ।