Banijya News

पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि

4 Shares

चैत २२, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । आइतबार ३४ सय ५६ जनाको पिसिआर परिक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सहित हालसम्म देशभर २ लाख ७७ हजार ९ सय ४४ जना मानिसमा कोभिड पोजेटिभ देखिएको छ ।

यस अवधिमा ११७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ । यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन् । २४ घण्टाको अवधिमा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन् । हालसम्म सङ्क्रमण पुष्टि भएका ३ हजार ३२ जनाको ज्यान गइसकेको छ ।

Scroll to Top