Banijya News

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

4 Shares

चैत २४, काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारले शुरु भएको एक सातामै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छ । प्रदेश सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग मिलेर आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो ।

लुम्बिनी प्रदेशको नाम र राजधानी टुंगो लगाएर असोज २० गतेदेखि स्थगित भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ बाट शुरु भएको थियो । प्रदेशसभाको सातौं अधिवेशनमा चारवटा मात्र बैठक बसेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सन्दर्भमा जसपा अनिर्णित रहँदा माओवादी केन्द्र र कांग्रेसले त्यसको प्रक्रिया अगाडि बढाउन सकेन ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यसअघि एमाले र माओवादी मिलेर बनाएको सरकार पछिल्लो समय यी दलबीचको विग्रहका कारण कमजोर बनेको छ । जसपामा पनि पूर्व राजपानिकट सांसदका कारण प्रक्रिया अघि नबढेको बताइएको छ ।

Scroll to Top