Banijya News

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

4 Shares

नेपाली बजारमा बिहीबार  सुनको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको हो । । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Scroll to Top