Banijya News

कुमारी बैंकद्वारा विभिन्न ३ नयाँ शाखा विस्तार

4 Shares

भदौ २, काठमाडौं ।

कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले उक्त शाखा विस्तार गरेको हो ।

बैंकले प्रदेश नं. १ को सुनसरीस्थित आँपगाछी शाखा,  प्रदेश नं. २ को वीरगञ्जस्थित प्रतिमा चोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

यसका साथै कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ ।

कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरिरहेको बैंकले जनाएको छ ।

 

Scroll to Top