काठमाडौं– आईसीसी वल्र्डकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेट गुमाएर पुरा गरेपछि नेपाल पराजय भोग्न पुगेको हो ।
अमेरिका ओपनर टेलर ६३ बलमा ९२ रन बनाएर आउट भए । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । उनी करण केसीको बलमा ‘टप एज’ लाग्दै सोमपाल कामीबाट समातिएका थिए ।