Banijya News

गैरआवासीय नेपाली संघको निर्वाचन २० अक्टोबरमै हुने, कार्यलातिका सार्वजनिक हुँदै

4 Shares

गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी भएको जनाएको छ । नेपाल सरकारले कोरोनको महामारीका कारण चुनाबको मिति केही समय सार्न गरेको अनुरोधको बावजुद एनआरएनएले चुनाब गर्ने भएको हो । निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत महाधिवेशनमा कुनै बदमासी हुन नदिने बताएको हो ।

संघ निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै जुटिरहेको छ । २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी गरेको हो ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको जनाएको छ । ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको बताएको पनि विज्ञप्तिमा भनिएको छ ।
गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुनेमा पनि केही सदस्यले प्रश्न उठाउँदै आएका छन् ।

विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै जुटिरहेको छ। जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ। निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ। हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (ई–भोटिङ) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरूको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ। प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ। अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रस्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ। सबै मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ। अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ। निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट वञ्चित हुने अवस्था आउन सक्छ। यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ।

गैरआवासीय नेपालीको अवस्था प्रस्ट देखिनका लागि भिसा सहितको आइडी कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनी सकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडी कार्ड भए mझदभचकजष्उ२लचलब.यचन मा पठाइ दिन हुन समेत सूचित गरिन्छ। आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ। निर्वाचन समितिका सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ (नेपाल) हुनुहुन्छ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरू सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ। निर्वाचन कार्यपालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यपालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यपालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ। निर्वाचनका बाँकी आवश्यक प्रक्रियाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ। महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरूको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषद्को इमेल र सूचनाहरू हेर्दै आवश्यक सहयोग गरि दिनुहुने विश्वास निर्वाचन समितिको छ।

निर्वाचन समिति,

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्

१७ सेप्टेम्बर २०२१

Scroll to Top