Banijya News

काठमाडौँ महानगरद्धारा बाल अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग

4 Shares

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा दिने उदेश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गरेको छ । बुढानिलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौँ महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने सम्झौता–पत्रमा आज हस्ताक्षर गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सो सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

Scroll to Top