Banijya News

भरतपुर सबस्टेसनबाट उद्योगहरुले पाए बिजुली

4 Shares

भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई आइतबार साँझबाट विद्युत आपूर्ति दिएको छ । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि ति उद्योगलाई विद्युत आपूर्ति गरिएको हो । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२।५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत आपूर्ति दिएको थियो ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरुमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । समस्या पछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।

यतिखेर ति दुबै सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आइसकेका छन् । पहिलो ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत आपूर्ति सुरु गरिएको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२।५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरले जनाएको छ ।

Scroll to Top