साताको पाँचौ दिन बिहीवार नेपाली बजारमा सुन– चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको मूल्य १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।