Banijya News

प्रदूषण जाँच पास नहुने सवारीलाई एक लाख रुपैयाँ जरिवाना

4 Shares

वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।
विभागले बिहीबार सूचना प्रकाशित गरी गाडीको धुवाँले काठमाडौंमा वायु प्रदूषण बढाएको जनाएको छ। यससँगै खुल्ला रुपमा फोहोर जलाउँदा निस्केको धुवाँले पनि प्रदूषण बढाएको विभागको ठहर छ।

वायु प्रदूषण रोक्न धेरै धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्न लागेको हो। विभागले जारी गरेको सूचनामा पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ।

यससँगै विभागले छड्के जाचका क्रममा कतिपय सवारी साधनले मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ। कतिपय सवारी साधनमा अत्यधिक धुवाँ निस्कने गरेको देखिएको छ।

त्यस्तै, विभागले खुल्ला रुपमा फोहोर नजलाउन पनि आग्रह गरेको छ। कसैले फोहोर जलाएको देखेमा विभागलाई जानकारी दिन भनिएको छ। यसरी जानकारी दिनको नाम गोप्य राखिने र फोहोर जलाउने व्यक्तिलाई कारबाही गरिने विभागको सूचनामा उल्लेख छ।

Scroll to Top