Banijya News

विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको ५ करोड ठगीगरी फरार

160 Shares

काठमाडौँको विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरूले बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुद्धा दायर गरिएकोमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरू अनिता थापा तथा रोहित खड्कासहित सात जना रहेका छन् । उनीहरुले करिब ५ करोड रुपैयाँ अपचलन गरेको अनुसन्धानमा पाइएको छ ।


१५ जना बचतकर्ताको ४ करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको हो । यसअघि पनि १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगीको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगीको कसुरमा मुद्दा चलाइएको छ । यसअनुसार दोषी प्रमाणित भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्नेछ ।


अनुसन्धान अधिकारीहरूका अनुसार, उनीहरूले बचतकर्ताहरूको रकम बिना धितो ऋणको नाममा आपसमा बाँडफाँड गरी हिनामिना गरेका हुन् । लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि फरार प्रतिवादी बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


Scroll to Top