मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार (भदौ १४) ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीमध्येबाट उनी विजेता बनेकी हुन् ।
प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् । मिस नेपाल अर्थको उपाधि घलेले चुमिन् । मिस कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ । ससँगै उनले आगामी वर्ष विभिन्न सामाजिक अभियानमा सहभागी भई मिस नेपालको प्रतिनिधित्व गर्नेछिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत गर्ने अवसर पाउनेछिन्।
यो वर्षको प्रतिस्पर्धामा देशभरका युवतीहरुको व्यापक सहभागिता थियो। काठमार्डौँसहित देशका विभिन्न सहरमा आयोजना गरिएका अडिसनबाट २६ जना प्रतिस्पर्धी फाइनलमा छानिएका थिए। उनीहरूले सौन्दर्य, प्रतिभा, बौद्धिक क्षमता र व्यक्तित्व विकाससम्बन्धी विभिन्न चरण पार गरेर फाइनलसम्मको यात्रा पूरा गरेका थिए।