Banijya News

पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

1.1K Shares

पर्यटन क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानका लागि हिमालयन सोसिएल जर्नीका अध्यक्ष तथा सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित भएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनमा उनको सक्रियता र योगदानको कदर गर्दै नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा आयोजित एक विशेष कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो । युएनआईपी थाइल्यान्डका अध्यक्ष डा. श्रीवान किङ्जुन, भिक्षु डा. राजु लामा, पी कोन्दन र कार्यक्रम संयोजक सरोज ओझा लगायतले सापकोटालाई अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरेका हुन् ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएका सापकोटा पर्यटन व्यवसायमा मात्र नभई सामाजिक सेवामा पनि सक्रिय छन् । उनले होटल, ट्राभल, हेलिकप्टर र हाइड्रोपावर जस्ता विभिन्न व्यवसायमा पनि लगानी गरेका छन् ।


Scroll to Top