Banijya News

‘जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो

1.1K Shares

हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।


Scroll to Top