काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो ।
नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा अत्यावश्यक बाहेकक घर बाहिर निस्किन दिएको छैन भने सुरक्षामा पनि कडाइ गरेको छ । ठाउँ ठाउँमा चेकजाँच भइरहेको छ । सडकमा मानिसहरु र सवारी साधनको उपस्थिति भने न्युन छ ।
जेन जीले गरेको आन्दोलनमा जेन जी पुस्तामाथि प्रहरीले दमन गरेसँगै आन्दोलनले उग्र रुप लिएको थियो । सोमवार भन्दा मंगलवार आन्दोलन उग्र बन्यो ।
देशका सम्पतीहरु ध्वस्त भएका छन् । कतिपय भौतिक संरचनाहरु आगो अझै बलिरहेको देख्न सकिन्छ । सिंहदरबारसहित, संसद भवन, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।