Banijya News

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने चर्चा, बालेन पनि समर्थन

1.0K Shares

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने जेन–जीको प्रस्तावमा काठमाडौं महानगरका मेयर बालेन शाहले पनि समर्थन गरेका छन् । जेन–जीहरूको भर्चुअल बैठकले कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो ।

उक्त सहमतिपछि बालेनले पनि कार्कीको नाममा साथ दिएका छन् । भर्चुअल बैठकमा सरकार प्रमुखमा बालेनको नाम पनि आएको थियो । तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउने भन्दै अन्तरिम सरकारका लागि कार्कीलाई अघि सार्नुपर्ने जेन–जीहरूको भनाइ छ ।

कार्कीको नाममा सहमति जुटाएपछि उनीहरू नेपाली सेनासँग संवादका लागि जुटेका थिए । तर सेनासँगको छलफलमा भने जेन–जी समूह एकमत भएर प्रस्तुत हुन सकिरहेको छैन ।


Scroll to Top