Banijya News

मेयर हर्क साम्पाङद्धारा आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको दाबी

1.1K Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन् । उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए ।

फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका बताएका थिए। तर, जेनजीहरूको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन् । कार्की सिफारिसमा पर्ने भएपछि साम्पाङले आफ्ना समर्थकहरूलाई जंगी अड्डा बाहिर उतारेका छन् ।

सोही क्रममा हर्कले सामाजिक सञ्जालमा लेख्दै आफू र बालेन शाहले कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन नजनाएको बताएका छन् । उनले बाहिर आएका खबर सबै गलत भएको जिकिर गरेका छन् ।

उनी लेख्छन्, ’शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो !’


Scroll to Top