Banijya News

मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड

4 Shares

मधेश प्रदेश सरकारले कूल ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । मधेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
कूल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

मधेश प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।

संघ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी जम्मा १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ ।

संघीय राजस्व बाँडफाँटवाट १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेश प्रदेशले बजेट स्रोत देखाएको छ ।

Scroll to Top