Banijya News

देउवा सरकारका उपलब्धि सार्वजनिक : के के उपलब्धि हासिल गर्यो त सरकारले ?

4 Shares

मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको चर्को आलोचना खेप्दै आएको शेरवहादुर देउवा सरकारले आफूले गरेको कामको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि आलोचनालाई मत्थर पार्न भन्दै प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको हो । पार्टीको महाधिवेशन निर्धारित समयमा गर्न नसकेको सत्ता रुढ दलसँग समन्वय गरेर सत्ता संचालनमा सफल हुन नसकेको भन्ने आरोप लागेको समय देउवा सरकारले आफूले गरेको काम सार्वजनिक गरेको हो । सोही विवादलाई कम गर्न भन्दै सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ कामको सूची सार्वजनिक गरेको हो ।

यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनस्थापनाको कामलाई पनि सरकारले उपलब्धिको सूचीमा समावेश गरेको छ ।

राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र ‘महिला लक्षित महिला पहिला कार्यक्रम’, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवा सरकारले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

यस्तै, स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, कर्मचारीको तलब बृद्धि, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका क्यान्सर, मृगौला र, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिनु पनि सरकारको उपलब्धिको रुपमा राखएिको छ । त्यस्तै महत्वपूर्ण उपलब्धिमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई समेत मानिएको छ ।

Scroll to Top