जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ । काठमाण्डुको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा ३ जना प्रदर्शनकारीको निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको छ । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत २ घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका १ प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उता ट्रमा सेन्टरमा उपचाररत थप ५ आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । देशभरीको रिपोर्ट अनुसार झण्डै ८५ बढी घाइने भएका रिपोर्ट आएको छ ।