सोमबार सेयर बजार २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३५.९९ अंक घटेको हो । यो गिरावटपछि बजार २६७२ मा कायम भएको छ ।
यस दिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो । कुल २२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो।
सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.१२, विकास बैंक १.३८, फाइनान्स ०.९२, होटल तथा पर्यटन १.३३, हाइड्रोपावर १.३८, लगानी १.३७, जीवन बीमा ०.८८, उत्पादन तथा प्रशोधन १.२३, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.२६, अन्य १.३८ र व्यापार ३.३१ प्रतिशत घटे ।
हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढ्ने क्रम जारी छ । १० प्रतिशत बढेसँगै मूल्य ४३०.५० रुपैयाँ पुगेको छ । युनियन हाइड्रोपावरको ३.०८ तथा युनिभर्सल पावरको ३.०४ प्रतिशत मूल्य बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ५.२८ प्रतिशत घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको ४.४४, ग्रिन डेभलपमेन्ट बैंकको ४.२७ तथा थ्रीस्टार हाइड्रोपावरको ४.०७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, हिमालयन रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।