नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक निति सार्वजनिक गर्दै शेयरबजारमैत्री निति लिएसँगै शेयर बजारमा उछाल आएको छ । मौद्रिक नितिमा शेयरधितो कर्जालाई १५ करोडबाट बढाएर २५ करोड पुर्याएको छ । यससँगै आइतबार बजार दोहोरो अंककले बढेर बन्द भएका हाे ।
आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८ अंकले बढेर २७ सय ६२ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर बराबरको शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको शेयर कारोबार भएको छ।
आज यस कम्पनीको ३७ करोड रुपैयाँको भन्दा माथि शेयर कारोबार भएको छ । भने आज सबैभन्दा धेरै कमाउनेमा पनि एनआइसी एसिया बैंक रहेको छ । आज यस बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् । आज वाणिज्य बैंकको ३.५४ प्रतिशत र माइक्रोफाइनान्सको ३.६६ प्रतिशतले शेयर मूल्य बढेको छ।