Banijya News

होटल इच्छाले पछिल्लो नौ महिनामा गर्‍यो झण्डै ११ करोडको व्यापार

4 Shares

घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेको होटल इच्छाले पछिल्लो ९ महिनाको अवधिमा करिब ११ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले पछिल्लो ९ महिनाको अवधिमा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ६ करोड रुपैयाँ र सन् २०२१ मा २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

बाराको सिमारामा रहेको पाँचतारे होटलले ९७ कोठाको सुविधा दिँदै आएको छ । सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले सन् २०२३ मा मात्रै पाँच तारे होटलको लाइसेन्स लिएको थियो । त्यसअघि उक्त होटल चारतारे थियो ।

कम्पनीमा घरजग्गा व्यवसायी वाग्ले र उनका परिवारको स्वामित्व रहेको छ । होटलमा सबैभन्दा बढी आम्दानी ब्याङ्क्वेट र इभेन्टबाट हुने गरेको रेटिङमा उल्लेख गरेको छ । सन् २०२४ मा १७ करोड रुपैयाँको व्यापार गर्दा २९ प्रतिशत उक्त सेग्मेन्टबाट मात्रै भएको जनाएको छ ।

त्यसैगरी, होटलको अकुपेन्सी चालु आवमा बढेको पाइएको छ । सन् २०२४ मा २९ प्रतिशत अकुपेन्सी ओगटेकोमा चालु आवमा ४२ प्रतिशत अकुपेन्सी ओगटेको उल्लेख गरेको छ । कम्पनीअनुसार सन् २०२४ मा औसत कोठा भाडा १५ प्रतिशतले घटेको थियो । सन् २०२५ मा भने प्रति कोठाको औसत मूल्य ४ हजार ५६ रुपैयाँ रहेको कम्पनीको भनाइ छ । त्यस्तै, सन् २०२५ मा क्यासिनो भाडाबाट ३३ प्रतिशत आम्दानी गरेको जनाएको छ ।

Scroll to Top