Banijya News

सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत

4 Shares

पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५ सूचीकृत भएका छन् ।

यस्तै वैदेशिक रोजगारीका श्रमिक ७ लाख ९७ हजार ६४६ सूचीकृत भएका हुन् । अनौपचारिक क्षेत्रका ४२५ जना, स्वरोजगार २७४ जना श्रमिक सूचीकृत भएका हुन् ।

सामाजिक सुरक्षातर्फ गत आवमा २८ अर्ब ४४ करोड रुपैयाँ योगदान बापत सङ्कलन भएको छ । सामाजिक सुरक्षाको योगदान अहिलेसम्म ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

Scroll to Top