सान्भी इनर्जी लिमिटेडले बनाएको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन थालिएको छ ।
आयोजनाको जडित क्षमता ५.२ मेगावाट छ । निर्माण कार्य सकाएर आवश्यक सबै परीक्षणपश्चात् व्यावसायिक उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले बताए ।