राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक आह्वान गरेको छ । बैठक मंगलवार दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने छ ।
बैठकमा रुपन्देहीमा सम्पन्न दलको बैठक, रुपन्देही ३ मा हुन उपनिर्वाचनको तयारी, सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगतिका विषयमा छलफल हुने छ ।
यस्तै, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता, प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
त्यसैगरी, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, केन्द्रीय समिति बैठक र प्रस्तावित विषयहरू र रणनीतिक समूहहरू गठन सम्बन्धमा पनि छलफलको एजेन्डा छन् । ।
यस्तै, विभाग प्रमुख नियुक्त गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिन अभियान चलाउने र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।