Banijya News

बागमतीको मुख्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

160 Shares

बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन् ।

मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत छन् । उनी डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुन् ।


Scroll to Top