Banijya News

हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

160 Shares

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको रहेको बताउएका छन् ।

नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिनु हुँदै मन्त्री खड्काले सो कुरा बताएका छन् । मन्त्री खड्काले भने , “सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिंचाई गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिंचित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।”

उनले थपे, “विद्युतको आवश्यकता बढ्दो छ, आपूर्तिको माग पनि उच्च छ तर त्यसको सम्बोधन हुन नसकेको गुनासो छ। अब तीव्र गतिमा काम गर्ने बेला आएको छ। सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ।”

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए। स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, “हामी जलविद्युतमा जति अगाडि बढ्दैछौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ।”


Scroll to Top