नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।
बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको सेयरमूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।
बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।