Banijya News

एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

160 Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज कार्यालय समय भित्र आवेदन दिनु पर्ने हुन्छ ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो । यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


Scroll to Top