Banijya News

माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा ६३ हजार बढी आवेदन

4 Shares

माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.२१ गुणा बढी आवेदन हो ।

माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Scroll to Top