Banijya News

महालक्ष्मी बैंकको बर्दिया राजापुर शाखा मेन चोकमा स्थानान्तरण

4 Shares

महालक्ष्मी विकास बैंकको बर्दिया राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण गरिएको छ । उक्त शाखाको उद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका संचालक दिपक रौनियारले गरेका हुन । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यस शाखाबाट बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।

Scroll to Top