Banijya News

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

1
1.1K Shares

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैशाख १४ गते बुधबार होटल र्याडिसन, काठमाडौँमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।

 

सभामा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरियो । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनीले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूणर् कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

 

सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रूपमा लिएको बताए । साथै, उनले बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पहुँच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको पनि बताए।  त्यसैगरी, आगामी दिनमा कम्पनीका सेवाहरू अझ चुस्त, छिटो छरितोरूपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जनाए ।

 

उक्त सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

1

Scroll to Top