अर्थमन्त्रालय बजेटमा विद्युतीय गाडिमा कर बढाएकोमा भन्ने त्रीब ओलोचना चलेको समय अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्को बचाउ गरेका छन् । प्रतिनिधि सभामा बजेटबारेको छलफलमा बोल्दै उनले चर्को कर लगाउको बारे बचाउँ गरेका हुन् ।
उनले अर्थमन्त्री डा युवराज खतिवडाले विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगिकीकरणमा जोड दिनुपर्ने बताएका छन् । सीमित संख्यामा आउने विद्युतीय सवारीबाट विद्युत खपत धेरै नहुने त्यो भन्दा औद्योगिक क्षेत्रमा धेरै खपत हुने भएकोले औद्योगिक क्षेत्रमा छुट खोज्नु पर्ने बताएका छन् ।
खतिवडाले गाडीले मात्र विद्युत खपत गरेर नहुने बताएका छन् उनले भने, ‘गाडी मात्र कुदाएर १÷२ सय मेगावाट खपत होला तर त्यो हाम्रो उत्पादन लक्ष अनुसार पर्याप्त हुँदैन ।’ विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगित विकासमा नै जोड दिनु राम्रो जस्तो लाग्छ ।’
उनले नेपालमा डिजेल÷पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडी सस्तो भएको र त्यो सस्तो हुनुपर्छ भन्ने मान्यतामा सरकार अडिग रहेको बताए । ‘विद्युतीय सवारीको कर सस्तो हुनु पर्छ,’ उनले भने, ‘१० प्रतिशतमात्र हुनुपर्छ भन्ने होइन होला ।
दक्षिण एसियाली मुलुकहरुमा पनि विद्युतीय सवारीमा सबै खलका कर १०० प्रतिशतसम्म रहेको उनले उदाहरण समेत सदनलाई दिए । उनले सार्वजनिक सवारीमा १ प्रतिशत नै भन्सार काम गरिएको बताए ।
बजेटमार्फत् चकलेट आयातमा १० प्रतिशत कर घटाएको र कुनै एक कम्पनीलाई फाइदा हुने गरी ल्याइएको बिषयमा पनि खतिवडा रक्षात्मक हुँदै स्पष्टिकरण दिएका हुन् ।
खतिवडाले आव २०७१/०७२ देखि चकलेटको भन्सारदर ३० प्रतिशत रहेको र गत वर्ष केही वस्तुको करमा माथि लैजाने क्रममा ४० प्रतिशत गरेको र फेरि यो वर्ष समायोजन गरेर ३० प्रतिशतमा झारेको भन्दै स्पिष्टकरण दिए । ‘कुनै व्यवसायीलाई हेरेर गर्ने भन्ने होइन । कुनै माननीय सदस्यले भनेको जस्तो अर्बौको चकलेट आयात हुने पनि होइन, चोरी पैठारी हुने सम्भावना रहेको सामानको भन्सार घटाइएको हो । ’ उनले भने ।