Banijya News

कृषि तथा पशुपन्छी बीमामा सरकारले वितरण गर्‍यो डेढ अर्ब बढी अनुदान

4 Shares

सरकारले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्क अनुदानबापत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ वितरण गरेको छ। उक्त रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत “बाली तथा पशुधन बीमाशुल्कमा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१” अनुसार उपलब्ध गराइएको हो।

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सो अवधिमा बाली बीमामा ३३ करोड ७९ लाख रुपैयाँ र पशुपन्छी तथा माछा बीमामा १ अर्ब २७ करोड ९ लाख रुपैयाँ अनुदान दिइएको उल्लेख छ। बीमा कम्पनीहरू — निर्जीवन बीमक र लघु निर्जीवन बीमक — ले सो वर्षमा कुल २ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

कार्यविधिअनुसार ५० लाख रुपैयाँसम्मको बीमांकमा ८० प्रतिशत, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बीमांकमा ६५ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको बीमांकमा ५० प्रतिशत बीमाशुल्क अनुदान दिने व्यवस्था छ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को फागुन मसान्तसम्म ९९ हजार ७९० वटा कृषि बीमालेख जारी भइसकेका छन्। सो अवधिमा बीमित किसानहरूले पशुपन्छी बीमाबाट ७७ करोड ३४ लाख रुपैयाँ र बाली बीमाबाट ७ करोड ४६ लाख रुपैयाँ गरी कुल ८४ करोड ८० लाख रुपैयाँ अनुदान पाएका छन्।

 

Scroll to Top