राजसंस्था पुनस्र्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिले १९ जेठमा उपत्यका बन्दको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकारको ‘बर्बर दमन’ को विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गरिएको जनाइएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा दमन भएपछि हामी उपत्यका बन्दमा जान बाध्य भयौँ,’ सुवेदीको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनमा सहभागीहरूलाई आ–आफ्नो टोल र चोकमा सक्रिय भूमिका निभाउन आह्वान गरिएको छ ।
आइतबारको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका थिए । राजावादी समूहले उनीहरूलाई ‘अमानवीय तवरले’ पक्राउ गरिएको भन्दै विरोध जनाएको छ ।