Banijya News

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारीः अडियो प्रकरण,एमसीसी जस्ता विषय प्रमूख एजेण्डा

1
1.1K Shares

१४ फागुन, काठमाण्डौ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बिहान ११ बजेबाट जारी छ।
बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, संविधान संशोधन, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण लगायतका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।
संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एमसीसीबारे आफ्नो धारणा राख्ने बताइएको छ ।
नेकपाले गठन गरेको कार्यदलले एमसीसीबारे अध्ययन गरी निष्कर्षसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

1

Scroll to Top